
आइएसलाई फलुजा शहर छाड्न इराकी प्रधानमन्त्रीको चेतावनी
काठमाडौं,१० जेठ ।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् ।
यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताउनु भएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई यसअघि नै शहर छाड्न इराक आर्मीले भनिसकेको थियो ।
फलुजालाई सन् २०१४ मा आईएसले कब्जामा लिएको थियो । सहर छाड्न नसक्ने परिवारले आफ्नो घरको छतमा सेतो झण्डा राख्नुपर्ने आर्मीले बताएको छ ।
फलुजामा ६० देखि ९० हजार मानिस हुन सक्ने जनाइएको छ । फलुजा शहरलाई २० हजार आर्मी र प्रहरीले चारैतिरबाट घेरेका छन् । (एजेन्सी)
