
म त भन्छु,सरकार अहिले सुतिरहेको छ-सिटौला
विराटनगर, ९ वैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् ।
प्रेस युनियन मोरङले विराटनगरमा बिहीबार बिहान गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गर्दै भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेको जस्तो देखिएको बताए । उनले भने- ‘वर्षदिनदेखि राहतको आशमा रहेका भूकम्प पीडितको समस्यामा सरकार कतै पनि सम्वेदशील बनेको छैन् । अहिले देखिएको कालोबजारी पनि रोकिएको छैन । यो सबै हेर्दा म त भन्छु सरकार अहिले सुतिरहेको छ ।’
सिटौलाले देशमा अहिले रहेका मूलभूत मुद्दालाई लिएर नेपाली कांग्रेसले अग्रसरता लिने बेला आएको पनि बताए । कांग्रेसले अन्य दलका नेतासँग छलफल गरेर अगाडि बढ्ने बेला आएको उनको भनाई छ । ।
उनले संंविधानको कार्यान्वयनबाट देशलाई अगाडि लैजानुपर्ने चुनौती रहेको भन्दै भने- धेरै ऐनकानुनको निर्माण गर्नुपर्छ, प्रथम चरणको कार्यान्वयनमा नगई देश अगाडि बढ्न सक्दैन । रासस
