गृहमन्त्रीबारे छानविन गर्न तयार नभएपछि संसद बैठक बुधबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे संलग्नता भएको र छानवीनकाे लागि राजिनामा गर्नुपर्ने विपक्षी दलहरूकाे माग सम्वाेधन गर्न सत्तापक्ष तयार नभएपछि संसद बैठक सुचारू हुन नसकेको हाे ।





