अध्यक्ष प्रचण्डद्वारा माओवादी पार्टी कार्यालयको शिलान्यास

मूलखबर संवाददाता
मुस्ताङ, २८ जेठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको पार्टी कार्यालयको शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।