रौतहटमा आगलगी, लाखौको क्षति

रौतहट, २७ चैत /

जिल्लाको सखुअवा धमौरा गाबिस-७ मा शनिवार दिउसो आगलागी हुदा लाखौको क्षति भएको छ । आगजनीबाट स्थानिय बिन्दा साहको  घर र समानहरु पूर्णरुपले एकघर जलेर नष्ट भएको छ ।

अत्यधिक चलेको हावाहुरीका कारण बिजुलीको तारसर्ट भएर तारमुनी राखिएको परालको थुप्रोमा आगो सल्किए पछि साहको घर जलेको हो । साहको ३ वटा परालको थुप्रोमा समेत आगलागी भएको छ । घट्नास्थलमा  स्थानियबासीन्दा, प्रहरी र चन्द्रपुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

केही दिन यता चलेको हावाहुरीले आगजनी हुने खतरा बढेको भन्दै बच्न आगो राम्ररी निभाउन, जथाभावी आगो नबाल्न, र बालबालीकाले भेट्ने स्थानमा सलाइ लाइटर नराख्न स्थानिय प्रशासनले अनुरोध गरेको छ ।