नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ–फ्र्रान्सेली राजदूत

काठमाडौं, २४ चैत ।

CMPrachanda_French_amba-2-Large-848x478

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी  फ्र्रान्सेली राजदूत एभेस कारमोनबीच भेटवार्ता  भएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे सोधेका थिए  । जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूर्ण रुपले समर्थन गरेको बताए ।उनले  भने , ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ ।’

अध्यक्ष प्रचण्ड   निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए । उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताए । उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताए ।

भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताए ।