माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा चिप्लिएर सामान्य घाइते, नियमित काममा सक्रिय

मूलखबर संवाददाता
काठमाडौं, २४ बैसाख ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षि दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते हुनुभएको छ । खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उहाँ सामान्य घाइते भएका छोरी तथा स्वकीय सचिव गंगा दाहालले जानकारी गराउनुभएको छ । उहाँका अनुसार मेडिसिटी अस्पतालमा उपचारपछि अध्यक्ष प्रचण्ड स्वास्थ्यलाभ गरी निवास फर्किनुभएको छ ।

छोरी गंगाले फेसबुकमा लेख्नुभएको छ, गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।
ुहिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छु, स्वकीय सचिव गोविन्द आचार्यले भन्नुभयो ।

प्रचण्ड लडेर घाइते भएको भनेर विभिन्न मिडियामा समाचार आएपछि प्रचण्डको स्वास्थय लाभको कामना गर्दै र चासो व्यत्त गर्दै देशभरबाट सामाजिक सञ्जालहरुमा प्रतिक्रियाहरु आइरहेका छन् । प्रचण्ड अन्य कुनै रोग वा कारणले नभई बाथरुममा सावुनको कारण चिप्लो भएएको र चप्पल चिप्लिएर लड्नुभएको सचिवालयले बताएको छ । उहाँको सिटिस्क्यान र अन्य रिपोर्ट सबै सामान्इ भएको बताइएको छ ।