
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अब मजाक मात्र : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रतिनिधि कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अब मजाक मात्र भएको बताएका छन् ।
संसदकाे साेमबार बैठकमा बाेल्दै उनले उक्त सहमतिमा “भ्रष्टाचार गर्दैनौं, सुशासन कायम गर्छौं” जस्ता कुरा उल्लेख भए पनि, व्यवहारमा सरकार ठीक विपरीत दिशा गएको बताए।
वाग्लेले भने, “आजकल टेलिभिजनमा कमेडी कार्यक्रम चलेन भने, कुनै मन्त्रीलाई त्यो ७ बुँदे सहमति वाचन गर्न लगाइदिए पुग्छ।” उनले सरकारको प्रतिबद्धता हास्यास्पद बन्दै गएको बताए।
त्यस्तै, उनले दुई तिहाइको बलियो सरकारसँग संविधान संशोधनसम्मको कुनै प्रस्ताव नआएको भन्दै गम्भीर आलोचना गरे। सरकार आफैंभित्रै निराशा छाएको भन्दै उनले व्यंग्य गरे।