विद्रोहको तयारीमा वामदेव
काठमाडौं,२२ चैत।
पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेकहा उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ ।
झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ ।
अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो ।
पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन् । गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामको विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए ।
नवौं महाधिवशनअभिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि आफूलाई विभिन्न निर्णयको तहमा बाइपास गरिएको भन्दै गौतम असन्तुष्ट बन्दै आएका छन् ।आजको अन्नपूर्णमा समाचार छ ।