यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
टी-२० विश्वकप– कस्ले जित्ला , पाकिस्तान वा अष्ट्रेलिया ?वेष्ट इण्डिज वा दक्षिण अफ्रिका ? टी-२० विश्वकप– कस्ले जित्ला, पाकिस्तान वा अष्ट्रेलिया?वेष्ट इण्डिज वा दक्षिण अफ्रिका? काठमाडौं, १२ चैत ।. टी –२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेल पाकिस्तान र अष्ट्रेलियाबीच मोहालीमा प्रतिस्पर्धा हुदैछ भने नागपुरमा दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीच प्रतिष्पर्धा हुँदैछ । आज हुने यी दुवै खेल निकै रोमाञ्चक हुने देखीएको छ । खेल बिश्लेषकका अनुसार अष्ट्रेलिया र पाकिस्तानबीचको खेल गर या मरको प्रतिस्पर्धा हो । यो खेल दुवै टोलीका लागी महत्वपूर्ण छ । यो खेलमा अष्ट्रेलिया वा पाकिस्तान, जसले हारे पनि उसका लागी सेमिफाईनल यात्रा कठिन हुनेछ ।पाकिस्तान जित्ने आधार भनेको उसको तीव्र बलिङ आक्रमण हो । तर उसँग स्पिनरहरुको अभाव छ ।. अष्ट्रेलियाको बलीयो पक्ष भनेको उसको ब्याटिङ आक्रमण हो । अष्ट्रेलियाली ब्याट्सम्यान शेन वाट्सन लगायत सबै ब्याट्सम्यानहरु उत्कृष्ट छन् । उसले जित्ने आधार भनेको यही हो ।. वेष्ट इण्डिज र दक्षिण अफ्रिकामध्ये को जित्ला? जारी विश्वकपमा वेष्ट इण्डिज एक बलियो टोली हो । सीमित ओभरको क्रिकेटमा वेष्ट इण्डिजले जहिलेपनि आफ्नो बेग्लैै छाप छोडेको छ । दक्षिण अफ्रिका बिरुद्ध क्यारेवियन टोलीबाट क्रिश गेलले खेले र उनले ८र१० ओभरसम्म टिके भने खेलको नतिजा वेष्ट इण्डिजको पक्षमा जानसक्छ । दक्षिण अफ्रिकासँगपनि निक्कै अनुभवि ब्याट्सम्यानहरु छन् । तर दक्षिण अफ्रिकाको कमजोरी भनेको उसले जहिले पनि जित हारको खेलमा हारिरहेको हुन्छ । जारी प्रतियोगीतामा २२९ रन बनाएर पनि इंगल्याण्डसँग पराजित हुनु उसको ठूलो कमजोरी हो । यति ठुलो योगफल पनि डिफेण्ड गर्न नसक्नु उसको कमजोरी हो । यी खेलमा कस्ले बाजी मार्ला भन्ने कुरा खेलपछि नै थाहा हुने प्रष्ट छ ।.
टी-२० विश्वकप– कस्ले जित्ला , पाकिस्तान वा अष्ट्रेलिया ?वेष्ट इण्डिज वा दक्षिण अफ्रिका ?
काठमाडौं, १२ चैत ।

टी –२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेल पाकिस्तान र अष्ट्रेलियाबीच मोहालीमा प्रतिस्पर्धा हुदैछ भने नागपुरमा दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीच प्रतिष्पर्धा हुँदैछ । आज हुने यी दुवै खेल निकै रोमाञ्चक हुने देखीएको छ ।
खेल बिश्लेषकका अनुसार अष्ट्रेलिया र पाकिस्तानबीचको खेल गर या मरको प्रतिस्पर्धा हो । यो खेल दुवै टोलीका लागी महत्वपूर्ण छ । यो खेलमा अष्ट्रेलिया वा पाकिस्तान , जसले हारे पनि उसका लागी सेमिफाईनल यात्रा कठिन हुनेछ ।पाकिस्तान जित्ने आधार भनेको उसको तीव्र बलिङ आक्रमण हो । तर उसँग स्पिनरहरुको अभाव छ ।
अष्ट्रेलियाको बलीयो पक्ष भनेको उसको ब्याटिङ आक्रमण हो । अष्ट्रेलियाली ब्याट्सम्यान शेन वाट्सन लगायत सबै ब्याट्सम्यानहरु उत्कृष्ट छन् । उसले जित्ने आधार भनेको यही हो ।
वेष्ट इण्डिज र दक्षिण अफ्रिकामध्ये को जित्ला ?

जारी विश्वकपमा वेष्ट इण्डिज एक बलियो टोली हो । सीमित ओभरको क्रिकेटमा वेष्ट इण्डिजले जहिलेपनि आफ्नो बेग्लैै
छाप छोडेको छ । दक्षिण अफ्रिका बिरुद्ध क्यारेवियन टोलीबाट क्रिश गेलले खेले र उनले ८र१० ओभरसम्म टिके भने खेलको नतिजा वेष्ट इण्डिजको पक्षमा जानसक्छ ।
दक्षिण अफ्रिकासँगपनि निक्कै अनुभवि ब्याट्सम्यानहरु छन् । तर दक्षिण अफ्रिकाको कमजोरी भनेको उसले जहिले पनि जित हारको खेलमा हारिरहेको हुन्छ । जारी प्रतियोगीतामा २२९ रन बनाएर पनि इंगल्याण्डसँग पराजित हुनु उसको ठूलो कमजोरी हो । यति ठुलो योगफल पनि डिफेण्ड गर्न नसक्नु उसको कमजोरी हो ।
यी खेलमा कस्ले बाजी मार्ला भन्ने कुरा खेलपछि नै थाहा हुने प्रष्ट छ ।