विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट-अफ्गानिस्तान र इङ्ल्याण्ड तथा भारत र बंगलादेशबीच खेल हुँदै

काठमाडौं ,१० चैत ।
ttttttttttttttttttttttttttttttyyyyyyy

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज अफ्गानिस्तान र इङ्ल्याण्ड तथा भारत र बंगलादेशबीच खेल हुँदैछ ।
वल्र्ड ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज अफ्गानिस्तान र इङ्गल्याण्ड तथा आयोजक इन्डिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल अफ्गानिस्तान र इङ्गल्याण्डबीच नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे दिल्लीमा सुरु हुनेछ । इन्डिया र बंगलादेशबीचको दोस्रो खेल भने राती पौने ८ बजे बैंङ्गलोरमा हुनेछ ।

यसअघिका दुवै खेलमा पराजित अफ्गानिस्तान आज पुरै दबावमा हुनेछ । अफ्गानिस्तान आफ्नो पहिलो खेलमा श्रीलंकासंग र दोस्रो खेलमा साउथ अफ्रिकासंग हारेको थियो । इङ्गल्याण्ड भने दोस्रो जितको खोजिमा मैदान उत्रदै छ । यसअघिका दुई खेल मध्ये इङ्गल्याण्डले एकमा जित र एकमा हार व्यहोरेको थियो । पहिलोखेलमा वेस्ट इन्डिजसंग पराजित इङ्गल्याण्डले दोस्रो खेलमा भने साउन अफ्रिकालाई हराएको थियो ।

इन्डिया एकमा जित र एकमा हार व्यहोरेको टोली हो । पाकिस्तानलाइ पराजित गरेको उ न्युजिल्याण्डसंग हारेको थियो । वंगलोदश भने यसअघिका दुबै खेलमा पराजित भएको थियो ।

यसअघि गएराती भएको खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।

जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि सर्जिल खानले ४७ रन तथा अमहद शेहजादले ३० रन जोडे । बलिङतर्फ न्युजिल्याण्डका मिचेल स्यान्टनर र एडम मिल्नेले २-२ विकेट लिए ।