सार्कको ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज बस्दै

काठमाडौं ,४ चैत ।

SAARC-meeting

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज बस्दैछ ।
बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री बुधबार नै पोखरा पुगेका छन् ।
बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौसुन, श्रीलंकाका विदेशमन्त्री डामचो दोर्जी, बंगलादेशका विदेशमन्त्रीअब्दुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोजी, अफगानिस्तानका उपविदेशमन्त्री क्मित खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार सर्तराज अजिज सहभागी हुनेछन्।

भारतकी विदेशमन्त्री स्वराज बाहेक अन्यसव प्रतिनिधि काठमाडौंबाट एउटै जाहजमा पोखरा पुगेका थिए भने स्वराज गोरखपुरबाट सिधै पोखरा विमानस्थल उत्रेकी थिइन् ।

यसअघि हिजो सकिएको स्थाइ समितिको बैठकले सार्क स्थायी समितिको बैठकले अंगालेको र निर्णय गरेका गतिविधि परिणममुखी बनाउने निर्णय गरेको छ ।

सार्कका विगतमा भएका निर्णय कार्यान्वयन हुनपर्ने, सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयनमा नल्याएका कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गरिनुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि सम्पन्न हुनुपर्नेलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकले सार्क सम्मेलन प्रत्येक दुई वर्षको नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ । नोभेम्बर महिनामा गर्ने तय भए पनि दिन भने सम्बन्धित राष्ट्रले अन्य राष्ट्रसँगको समन्वयमा निर्धारण गर्ने निर्णय गरिएको छ ।