यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
यस्तो बन्दै छ मुग्लिङ-पोखरा सडक. मुग्लिङ- पोखरा सडकखण्ड विस्तारको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ(पोखरा सडक स्तरोन्नतिले गति लिँदा उक्त सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुससमेत गर्न थालेका छन् ।. तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ । पश्चिमखण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडकखण्डको २०.५ किलोमिटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ ।. चिनिया निर्माण कम्पनीले बनाइरहेको सडक निर्माण कार्यले गति लिएपछि अब लामो समयदेखिको स्थानियवासी र यात्रुहरुको असुविधा हट्ने देखिएको छ ।.
यस्तो बन्दै छ मुग्लिङ-पोखरा सडक
मूलखबर संवाददाता
काठमाडौं
मुग्लिङ- पोखरा सडकखण्ड विस्तारको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ(पोखरा सडक स्तरोन्नतिले गति लिँदा उक्त सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुससमेत गर्न थालेका छन् ।
तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ । पश्चिमखण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडकखण्डको २०.५ किलोमिटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ ।
चिनिया निर्माण कम्पनीले बनाइरहेको सडक निर्माण कार्यले गति लिएपछि अब लामो समयदेखिको स्थानियवासी र यात्रुहरुको असुविधा हट्ने देखिएको छ ।