
शिक्षा समितिमा छलफल तिब्र : ९१ दफामा सहमति जुटेकाे दावी
शिक्षा ऐनकाे मागसहित आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच भएको छलफलमा विद्यालय शिक्षा विधेयकमा ९१ वटा दफामा सहमति जुटेको बताइएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले ९१ वटा दफामा दफावार छलफल गरी सहमति जुटाएको हो । अब ७२ वटा दफामा छलफल बाँकी छ । जसमा उपसमितिले छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेको छ ।
९१ वटा दफामा छलफल सकिएकोछ । अधिकांशमा सहमति जुटेको छ । १२ सय वटा संशोधन बुँदामा छलफल भएको छ,’ उनले भने । विधेयको १७ सय ५८ वटा संशोधन परेको थियो ।
सचिव धमलाका अनुसार सबै सुझाव र विधेयकमा रहेको विषयलाई केलाएर दवाफार छलफल भइरहेको छ । ‘कुन दफाले के बोलेको छ, सुझाव के आएको छ, संशोधन के छ, यसमा उपसमितिको सदस्यले धारणा राख्नु हुन्छ । विज्ञलाई पनि राखेका छौं । शिक्षा मन्त्रालय र कानुन मन्त्रालयको पनि सहभागिता छ । यसरी दवाफार छलफल भइरहेको छ,’ उनले भने । उपसमितिको बैठक बिहान ११ बजेदेखि साँझ ५ सम्म बस्ने गरेको छ ।
संसद्को आगामी अधिवेशनमा विधेयक संसद्मा पेस गर्नेगरी उपसमितिले काम गरिरहेको छ । उपसमितिले सहमति जुटाएपछि फुल समितिमा र फुल समितिले सभामा पेस गर्ने छ ।
