
शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चाको ऐक्यवद्धता, संसदको विशेष अधिवेशन बोलाउन माग
समाजवादी मोर्चा, नेपालले शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै सरकारलाई संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
मोर्चाले शिक्षकका उठान गरिएका मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न र संविधानद्वारा प्रत्याभूत शिक्षाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार अपिल गरेको छ।
साथै, शिक्षामा समान पहुँच र गुणस्तर सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि संसदको विशेष अधिवेशन सर्वदलीय सहमतिमा तत्तकाल आह्वान गर्न आग्रह गरिएको हो ।
समाजवादी मोर्चाका संयोजक विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा विद्यालय शिक्षा ऐन प्रभावकारी कार्यान्वयनका लागि समेत सरकारलाई गम्भीर पहल गर्न अनुरोध गरिएको छ।
