५० बर्षपछि म्यानमारले जननिर्बाचित राष्ट्रपति पायो , सैन्य शासन अन्त्य

५० बर्षपछि म्यानमारले जननिर्बाचित राष्ट्रपति पायो , सैन्य शासन अन्त्य
काठमाडौं ,२ चैत ।
५० बर्षपछि म्यानमारले जननिर्बाचित नयाँ राष्ट्रपति पाएको छ ।
त्यहाँको नयाँ राष्ट्रपतिमा ह्वीत क्वाओ निर्वाचित भएका छन् । यसअघि ५० बर्ष भन्दा लामो समय म्यानमारमा शैन्य शासन थियो ।नयाँ राष्ट्रपति चयनसंगै त्यहाँको ५ दशक लामो सैन्य शासन अन्त्य भएको छ ।
राष्ट्रपति चयनका लागि संसदमा भएको निर्वाचनमा कुल  ६ सय ५२ मतमध्ये जाओले  ३ सय ६० मत प्राप्त गरे ।
म्यानमारको सैन्य पक्षका उम्मेदवार मिन्ट सिउले  २ सय १३ मत प्राप्त गरेका थिए भने सुकीकै पार्टीका अर्का उम्मेदवार हेनरी भान थियोले ७९ मत प्राप्त गरे ।
राष्ट्रपतिमा पराजित भएका उम्मेद्वारले  क्रमश प्रथम र दोस्रो उपराष्ट्रपतिका रुपमा काम गर्न पाउने व्यवस्था म्यानमारमा छ ।
नवनिर्वाचित राष्ट्रपति क्वाओ  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको दल नेश्नल लिग फर  डेमोक्रेसी एनएलडिको वरिष्ठ नेता हुन् । एनएलडीले  गत नोभेम्बरमा भएको निर्वाचनमा भारी बहुमत ल्याएपनि संवैधानिक व्यवधानका कारण सुकी राष्ट्रपति बन्न नमिल्ने  भएपछि उनले जाओलाई राष्ट्रपतिको उम्मेदवार बनाएकी थिईन ।