प्रधानमन्त्री ओलीले संसदमा भने : थाेत्राे लडेकाे संस्था हाे राजतन्त्र

मूलखबर संवाददाता
काठमाडौं, २८ बैसाख

प्रधानमन्त्री केपी ओलीले सरकारकाे नीति कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसदहरूले राखेका प्रश्नकाे जवाफ र स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्च्याउने प्राथमिकताको स्मरण गर्दै उनेले संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनलेे चैत १५ गते भएको वितण्डाकाे जिम्मा लिन काेही तयार नभएको र राजतन्त्र थाेत्राे र जनताले लडाएकाे संस्था भएकोले अब फर्केर नआउने बताए ।

सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट पारे ।