
काभ्रेको पनाैती र राेशीमा दिउँसै बाढीकाे वितण्डा, एक महिला वेपत्ता सडक अवरुद्ध
बैसाखकाे अन्तिम सातामा मनसुन सुरु नहुँदै आएकाे भिषण वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी खोला र आसपासमा बाढी आएको छ। सोमबार दिउँसो परेको पानीले पनौती नगरपालिका र रोशी गाउँपालिकामा बाढी आउँदा १ जना वेपत्ता हुनुकाे साथै धेरै सम्पत्ति नाश भएको छ ।
रोशी गाउँपालिकाको माम्ती र भ्याकुरे खोला क्षेत्रमा आएको बाढीले बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। भ्याकुरे खोलामा एक भ्यानसमेत फसेको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू सडकमै अलपत्र परेका छन्। उनका अनुसार हाल बिपी राजमार्ग अवरुद्ध छ। रोशी खोलाले पनि बिपी राजमार्गको डाइभर्सन बगाएको छ। जोखिम भएकाले राजमार्गमा सवारी चलाउन रोकिएको छ।
पनौतीमा पनि एक्कासि ठुलो पानी पर्दा बाढी आएको थियो। जहाँ आलु खन्न गएकी महिलालाई कुलोले बगाएको छ। पनौती–६ की ३३ वर्षीय रेनुका गिरीलाई कुलो तर्ने क्रममा बगाएको र खोजी भइरहेको नेपाल प्रहरीको एसपी शाहले बताए। एक्कासि परेको पानीले कुलोको बहाव तीव्र हुँदा बगाएको प्रहरीले जनाएको छ।
गत असोजको बाढीले पनि पनौती र रोशी क्षेत्र नै सर्वाधिक प्रभावित बनेको थियो। यो वर्ष पनि मनसुनको सुरुमै यो क्षेत्रमा बाढीले असर गरेको छ।
मनससन शुरू नहुँदै वर्षा र वाढीले वितण्डा बनाएपछि त्यस क्षेत्रमा आगामी दिनमा के हाेला भन्ने त्रास सिर्जना भएको छ ।