दसैँ बिदामा पनि सेवा दिन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह

मूलखबर संवाददाता
काठमाडौं, ३१ असाेज

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ ।

उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो ।