फ्रान्समा महँगीविरुद्ध करिब आठ लाख मानिस सडकमा उत्रिए

मूलखबर संवाददाता
काठमाडौं

फ्रान्समा महँगीविरुद्ध शनिबार करिब आठ लाख मानिस सडकमा उत्रिएका छन्।

करिब एक महिनादेखि जारी प्रदर्शन सुरुमा विद्यालयका विद्यार्थीका लागि राम्रो सुविधा र सरकारी सेवामा सुधारको माग गर्दै सुरु भएको थियो। तर अहिले यो ठूलो सामाजिक आन्दोलनमा परिणत भएको छ।

प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरीका गाडीमा ढुंगा प्रहार गरिएको छ भने प्रहरीलाई लखेटिएको छ। प्रदर्शनकारीले एप्पलका पसलबाट आईफोनसमेत लुटेका छन्।

लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगजनी गरेका छन्। प्रदर्शनमा सहभागी केही व्यक्ति जोकर र क्याप्टेन अमेरिकाजस्ता पात्रको पोसाक लगाएरसमेत सडकमा आएका थिए।