नेपालका लागि भारतका राजदूतमा सुधाकर दलेल नियुक्त
नेपालका लागि भारतका राजदूतमा सुधाकर दलेल नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।
उनले छिट्टै जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो । भारतको विदेश मन्त्रालयमा विदेश सचिवका अतिरिक्त अन्य चार जना सचिव छन् ।





