मन्त्रीपरिषद बैठकले के गर्याे निर्णय ? सुनसरी घटनाबारे माैन !
सरकारले ९ वटा विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरेको प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिएका छन् ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सदस्यमा सिन्धुलिका टेकरमज दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा बहुचर्चित सुनसरी घटनाबारे कुनै पनि छलफल र निर्णय नभएको
यस्ता छन् मन्त्रीपरिषद बैठकका पछिल्ला निर्णयहरू-
देहायका विधेयकहरू सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय
– संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
– खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
– संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
– राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।
– मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक।
– बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक।
– आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
– मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।
– कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।
२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय ।
३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा टेकराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय ।
र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय ।



