वार्ताको टेबलमा दुबैतर्फ भारतीय झण्डा देखिनु दुःखद : नारायणकाजी श्रेष्ठ
पुर्व परराष्ट्रमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाल र भारतकाे अर्थमन्त्रीस्तरिय बैठकमा नेपालकाे झण्डा नराखीनु गम्भीर अापत्तिजनक विषय भएकाे बताएका छन् ।

नेपालकाे अर्थमन्त्री र भारतीय अर्थमन्त्री सहभागी बैठकमा दुबैतर्फ भारतीय झण्डामात्रै राखीएकाे तस्वीर सार्वजनीक भएपछी चाैतर्फी अालाेचना र टिप्पणी भइरहेका सन्दर्भमा श्रेष्ठकाे साे प्रतिक्रिया अाएकाे हाे । उनले सामाजिक सञ्जालमा लेखेका छन् – हाम्रो कुटनीतिक निकायहरूले यति सम्म पनि ध्यान नदिनुलाई के भन्ने ? हाम्रो स्वाभिमानलाई कति सम्म झुकाउदै लैजाने हो ? कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नबनेको हाम्रो मुलुकको गौरवलाई किन यसरी लत्याइदैछ ?

यस्ताे छ उनकाे स्टाटस –
हालै भारतको राजधानी नयाँ दिल्लीमा हाम्रा अर्थमन्त्री डा• स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सितारमणबीचको प्रतिनिधिमण्डल स्तरको वार्ताको टेबलमा नेपाली प्रतिनिधिमण्डल तर्फ नेपालको झण्डा रहनुको सट्टा दुवै तर्फ भारतीय झण्डा रहेको देखिनु अत्यन्त दुःखको विषय हो । हाम्रो कुटनीतिक निकायहरूले यति सम्म पनि ध्यान नदिनुलाई के भन्ने ? हाम्रो स्वाभिमानलाई कति सम्म झुकाउदै लैजाने हो ? कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नबनेको हाम्रो मुलुकको गौरवलाई किन यसरी लत्याइदैछ ?



