सुनसरी घटनाबारे सिंहदरबारमा सर्वदलिय बैठक
सुनसरीमा भएकाे हिन्दु मुस्लिमबीचकाे हिंसात्मक झडप र उत्पन्न परिस्थितिबारे रास्वपा सभापति रवि लामिछानेले डाकेकाे सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएकाे छ ।
सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हाे।
सिंहबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभा सभापति गणन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित छन्।
देवानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु र प्रहरीसहित २२ घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त रहेको छ । मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियारसहित आक्रमण–प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले दुई घण्टापछि स्थिति नियन्त्रणमा लिएका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार आज भने स्थिति नियन्त्रणमा रहेको र विस्तारै सामान्य बन्दै गइरहेको छ। यद्यपि प्रशासनले लगाएको कर्फ्यू भने आज दिनभर रहने उनको भनाइ छ ।



