लमजुङमा त्रिवेणी कप: मर्स्याङदी पुग्याे सेमिफाइनलमा, मल्ल बने म्यान अफ द म्याच

राज गुरूङ
लमजुङ, १८ पुस

लमजुङको सदरमुकाम बेसिशहरमा जारी त्रिवेणी कपमा मर्स्याङदी क्लब सेमिफाइनलमा पुगेको छ ।  विगतमा समूह चरणबाटै बहिरिरहने मर्स्याङ्दी यसपटक भने सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हाे ।

शुक्रबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी क्लबलाई ट्राइब्रेकरमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको  हाे ।

आज भएको प्रतिस्पर्धामा उत्कृष्ट खेलाडी बन्दै गोल किपर भबिन्द्र मल्ल नायक बनेका छन् भने म्यान अफ द म्याच पनि घाेषित भएका छन् । उनलेे म्यान अफ द म्याच बनेर रू. दश हजार पनि प्राप्त गरेका छन् ।

आजै भएको अर्काे क्वाटरफाइनलमा चर्च ब्वाइज र लालिगुराँस भुजुङ क्लबबीच भएको प्रतिस्पर्धामा ब्वाइजले लालिगुराँँसलाई पराजित गरेको थियाे ।

बेसिशहरस्थित सहजी खेल मैदानमा पुस १२ गतेबाट शुरू भएकाे प्रतियोगिता त्रिवेणी युथ क्लबले आयाेजना गरेको हाे । पुस २१ गते सकिने प्रतियोगितामा भाेली शनिबार सेमिफाइनल प्रतियोगिता हुनेछ ।

भाेलीकाे सेमिफाइनलमा मर्स्याङदी र अघिल्लो विजेता एपिएफबीच प्रतिस्पर्धा हुनेछ भने आइतबारकाे सेमिफाइनलमा चर्चब्वाइज युनाइटेड र लाङदिदेवीबीच प्रतिस्पर्धा हुनेछ ।