नेपाली कम्युनिस्ट पार्टी र अशाेक राइकाे जसपाबीच एकता वार्ता

मूलखबर संवाददाता
काठमाडौं, ३० कात्तिक

नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ नेता हमालले भने । छलफललाई जारी राख्ने सहमति भएको उनले बताए ।

राईले हिजाेकाे छलफललाई केन्द्रीय समिति बैठकबाट मुर्त रूप दिने बताएका छन् । आज जसपाकाे केन्द्रीय समिति बैठक डाकिएकाे छ ।

तस्बिर : फाइल फाेटाे