भिम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा आवद्व हुँदै
पुर्व एमाले नेता तथा ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’का नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुने भएका छन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीको सचिवालयका अनुसार आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरिनेछ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । कार्यक्रमकाे नाम समायाेजन कार्यक्रम राखिएको छ ।





