भिम रावलले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने

मूलखबर संवाददाता
काठमाडौं, २४ कात्तिक

नेकपा एमाले परित्याग गरी स्वतन्त्र ढंगबाट राष्ट्रवादी वामपन्थी अभियान चलाईरहेका नेता भिम रावल नेपाली कम्युनिस्ट पार्टीसँग एकताबद्ध हुने भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा राम्रो जनाधार भएका र केपी ओलीकाे चर्काे आलाेचक रहेका रावल राष्ट्रियता र सार्वभौमसत्ताका पक्षमा निरन्तर अभियान चलाइरहेका नेता हुन् ।

उनी नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल र सहसंयाेजक माधव नेपालसहित नेताहरूसँग सघन परामर्शपछि एकताबद्ध हुन लागेकाे नेता राजेन्द्र पाण्डेले बताएका छन् ।