नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने नेकपा (एस)काे केन्द्रीय समितिकाे निर्णय
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको राजधानीमा जारी केन्द्रीय समिति बैठक सकिएको छ ।
बुधबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी एकतासहितकाे राजनीतिक प्रस्ताव र दस्तावेज सर्वसम्मत पारित गर्दै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका बैठकपछि नेता प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार सम्मानित नेता झलनाथ खनालले फरक मत राख्नुभएको भएतापनि सर्वसम्मतिले एकताको प्रस्ताव पारित भएको छ । उनलेे सांगठनिक कार्यविभाजन र अन्य विषयमा सचिवालयले निर्णय गर्ने निर्णय बैठकले गरेको बताए ।





