विवादले राेकियाे कांग्रेस कार्यसमिति बैठक
नेपाली कांग्रेस महाधिवेशनकाे विषयमा तिब्र विवादकाे दलदलमा फँसेको छ । जसका कारण केन्द्रीय कार्यसमिति बैठक नै प्रभावित भएको छ ।
पार्टीको महाधिवेशनको कार्यतालिका विवादले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो। बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।
पार्टीको महाधिवेशनका विषयमा संस्थापन पक्षधर र इतर पक्षबीच कुरो नमिल्दा कांग्रेसमा किचलो बढ्दै गएको छ। संस्थापन पक्ष फागु २१ को चुनावपछि पार्टी महाधिवेशन गर्ने पक्षमा छ भने इतर पक्षले मंसिरमा नियमित नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।





