निर्वाचनमा एमाले बाहेक सबै दल सकारात्मक, एमाले निर्वाचनमा नजाला ?
जेनजी अान्दाेलनपछि प्रतिनिधिसभाकाे विघटन गरि फागुन २१ गते निर्वाचनकाे घाेषणा गरिएकाे छ । चुनाव सम्पन्न गर्ने म्याण्डेट सहित गठन भएकाे अन्तरिम सरकारले चुनावकाे वातावरणा बनाउन नसकेकाे अाराेप लागिरहेकाे बेला सरकारले जेनजी सहित राजनीतिक दलहरूकाे त्रिपक्षिय संवाद सरकारले गरेकाे छ । बुधबार भएकाे छलफलमा एमाले बाहेक अन्य सबै पक्ष र दल निर्वाचनकाे पक्षामा देखिए ।
प्रधानमन्त्री कार्कीको विशेष जोड निर्वाचनको वातावरण निर्माणमा थियो।छलफलमा सहभागी जेन-जी पुस्ताका अधिकांश प्रतिनिधिहरू पनि निर्वाचनप्रति सकारात्मक देखिए। उनीहरू निर्वाचन पुराना भनिने दलहरूबिना सम्भव नहुने भन्दै उनीहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेका थिए। उनीहरूले छलफलमा अब प्रतिनिधि सभा पुनर्स्थापनातिर लाग्नु भन्दा निर्वाचनमा केन्द्रित हुन छलफलमा सहभागी दलका प्रतिनिधीहरुलाई आग्रह गरेका थिए।
बैठकमा सहभागी दलहरूमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका प्रतिनिधीहरुले तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले निर्वाचनका लागि केही चुनौती रहेको तर परिस्थिति सहज बनाउने जिम्मेवारी सरकारको भएको धारणा राखेका थिए।
तर, एमालेका प्रतिनिधीहरुले भने निर्वाचनतिर भन्दा संसद् पुनर्स्थापना गर्नु पर्ने पक्षमा उभिए। उनीहरूले सरकारको वैधानिकमाथि नै प्रश्न उठाउँदै निर्वाचन अघि संवैधानिक प्रक्रियामा केही सुधार आवश्यक भएको र त्यसका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने तर्क गरेका थिए। तर एमालेका नेताहरूको धारणाप्रति अन्य दलका प्रतिनिधि सहमत देखिएनन्।
जेन-जीका प्रतिनिधीहरुले समेत संसद् पुनर्स्थापनाको अजेण्डामा भन्दा प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन दलका प्रतिनिधीहरुलाई आग्रह गरेका थिए। उनीहरूको आग्रह थियो “प्रतिनिधि सभा पुनर्स्थापनाको माग छाड्नुस्। दलको सहभागिता नभई निर्वाचन सफल हुन्न। हामी दुवै पक्ष निर्वाचनमा केन्द्रित बनौँ।”
छलफलपछि नेकपा एमाले नैतिक संकटमा परेकाे छ । अदालतबाट प्रतिनिधिसभाकाे पुनस्थापना पनि नगर्ने र निर्वाचन हुने अवस्थामा फेरी एमाले निर्वाचनबाट भागेर कता जाने भन्ने विषय अन्याैलमा पर्ने देखिन्छ ।





