रास्वपाले `बृहत् राजनीतिक संवाद´ आयोजना गर्ने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १२ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टीले वृहत राजनीतिक संवाद आयाेजना गर्ने भएको छ । हिजाे सम्पन्न सचिवालय बैठकले  जेन-जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दीगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि कात्तिक १४ गते साे संवाद आयाेजना गर्ने निर्णय गरिएको महामन्त्री कविन्द्र बुर्लाकाेटीले जनाएका छन् ।

उनका अनुसार पार्टीले आगामी निर्वाचनमा समानुपातिक उमेदवार बन्न चाहनेकाे लागि उमेदवारी आव्हान समेत गरेको छ जसका लागी २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्ने निर्णय बैठकले गरेको छ ।

रास्वपाले गरेका निर्णयहरू – 
पार्टी सचिवालयको २०८२ कार्तिक ९ र ११ गतेको बैठकका निर्णयहरु

१. “बृहत् राजनीतिक संवाद” आयोजना गर्नेः
जेन-जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दीगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि यहि कार्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने ।

२. मतदाता नामावली दर्ता सहजीकरण अभियान संचालन गर्नेः
पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यहि कार्तिक ११ देखि २५ गते सम्म संचालन गर्ने । पार्टी सचिवालय सदस्य श्री गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसंगको समन्वयमा अभियानको संयोजन गर्ने ।

३. पार्टीको गतिविधि नियमित संचालन गर्ने:
विशेषतः पार्टीको वडा, पालिका अधिवेशन सुचारु गर्ने, पार्टीको जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण संचालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो तह/भुगोलमा विभिन्न अभियानहरु संचालन गर्न निर्देशन गर्ने ।

४. निर्वाचन तयारी:
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरुको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्नका लागि आवश्यक दस्ताबेजहरुबारे छलफल गरियो । २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आब्हान गर्ने ।