अन्तरिम सरकार विस्तार, दुइ थपिए, दुईकाे नाम काटियाे

मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक

अन्तरिम सरकार विस्तार भएको छ ।

जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको हाे ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ गराएका हुन् ।

प्रधानमन्त्रीले यसअघि सिफारिस गरेकी अन्य दुई जनाकाे नाम काटिएको छ । मन्त्रीकाे रूपमा प्रचार गरिएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाममा मुद्वा तथा विवाद आएपछि उनीहरूकाे नाम काटिएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।