अन्तरिम सरकारले फिर्ता गर्याे गरेका ११ देशका राजदूत

मूलखबर संवाददाता
काठमाडौं, ३० असाेज

चुनाव घाेषणा गरेको अन्तरिम सरकारले ११ देशका राजदूत फिर्ता गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो।

चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशबिक्रम ढकाल, स्पेनका सनिश नेपाललाई २० कात्तिकभित्र फर्कन निर्देशन दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। उनीहरूलाई केपी ओली सरकारले नियुक्त गरेको थियो।

परराष्ट्र सेवाबाट नियुक्त भएका राजदूतहरू भने यथावत् राखिएको छ।