विपिनकाे हत्याकाे खबरले अत्यन्तै मर्माहत बनाएको छ- प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास अपहरणमा परी हत्या गरिएका विद्यार्थी विपिन जाेशीकाे हत्याकाे खबरले आफु मर्माहत भएको बताउनुभएकाे छ ।
इजरायलमा अध्ययनकाे क्रममा पुगेका विपिनलाइ अपहरणपश्चात हत्या गरिनु र निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको बताउनुभयाे ।
आज प्रेस नाेट जारी गर्दै प्रचण्डले भन्नुभएको छ- विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
प्रचण्डको नाेट-
हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु।
विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो।
यस दुःखद् घडीमा म वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।




