प्रतिनिधिसभा विघटन विरूद्व सर्वोच्चमा रिटकाे लर्काे

मूलखबर संवाददाता
काठमाडौं, २८ असाेज

जेनजी आन्दोलनपछि पहिलोपटक सेवा सुचारू गरेको सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटन विरूद्व १० वटा रिट दर्ता भएको छ ।

मंगलबार बिहानदेखि अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँ लगायतले ती रिट सर्वोच्चमा पुर्‍याएका हुन् ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ ।

सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी खण्डहर भएको छ ।

रिटहरूमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।