सर्वोच्चमा आजबाट रिट दर्ता शुरू हुने, संसद विघटन विरूद्वकाे रिट पनि आजै हाल्ने तयारी

मूलखबर संवाददाता
काठमाडौं, २८ असाेज

जेनजी आन्दोलनमा आगजनीमा ध्वस्त पारिएको सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।

राजनीतिक दलहरू, कानुन व्यवसायी र नागरिकहरु संसद पुनःस्थापनाको माग लिएर आजै सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।