विद्या भण्डारीलाई सदस्यता दिन एमालेमा ओलीमाथी दबाब
पुर्व राष्ट्रपति तथा जबजका सिद्धान्तकार मदन भण्डारी पत्नी विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्नेमा एमालेमा चर्काे आवाज उठेको छ ।
शुक्रबार बसेको एमाले सचिवालय बैठकमा बोल्ने ८ मध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गुरू बराल र प्रदीप ज्ञवालीबाहेक सबैले विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखेका छन् ।
यसअघि भण्डारीको सदस्यताको विपक्षमा बोलेका नेता पनि आज खुलेको बताइएको छ। उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि भण्डारीलाई पार्टीमा स्वागत गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।
भण्डारीलाई सदस्यता दिनुपर्ने पक्षमा पौडेल र थापा खुलेपछि सचिवावलयमा बुहमत भएको छ।
भण्डारीको सदस्यता रोकिएकै कारण ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे एकातिर थिए। अब सचिवलायमा ओली अल्पमतमा परेका छन्।
सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू पनि भण्डारीलाई निषेध गर्न नहुने पक्षमा यसअघिबाटै राय राख्दै आएका छन् ।
तर, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीले तत्काल राजनीनामा दिन नहुने पक्षमा उभिएका थिए।




