एमाले सचिवालयमा ओलीकाे राजीनामा मागियाे, ९ मध्ये २ मात्रै ओलीकाे पक्षमा

मूलखबर संवाददाता
काठमाडौं, २४ असाेज

जेनजी अान्दाेलनकाे बलमा सत्ताच्युत हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी ओली पार्टीभित्र पनि संकटमा परेका छन् ।पार्टीकाे नेतृत्व छाड्नुपर्ने दबाब उनलाइ बढ्दाे छ ।  शुक्रबार भक्तपुरकाे गुण्डुमा भएकाे सचिवालय बैठकमा पनि अधिकांश नेताहरूले उनले नेतृत्व छाड्नुर्ने धारणा राखेका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनामा जानुपर्ने धारणा राखेका थिए । त्यसमा पनि अधिकांश नेताहरूले चुनावलाई स्विकार्नुपर्ने भन्दै प्रतिवाद गरेका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनका सवालमा धारणा राख्ने ९ नेतामध्ये सात जना नेताहरूले उनले नेतृत्व छाड्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,विष्णु पौडेल, सुरेन्द्र पाण्डे, र रामबहादुर थापाले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले अहिले नै वा चाँडो महाधिवेशन गरेर ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।

बैठकमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले भने सङ्कटको बेला मिलेर जानुपर्ने धारणा राखेका थिए । बेठक शनिबार पनि चल्ने र उपमहासचिव र सचिवहरूले शनिबारको बैठकमा धारणा राखेपछि बैठक सकिने प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् ।