बालेन र सुदनविरुद्ध अर्का उजुरी पनि पनि आयो : प्रहरी
भदौ २४ गते सिंहरदरबार लगायतका सरकारी संरचना जलाउन र आन्दोलन भड्काउन उक्साएको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् । परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गरे ।
‘उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ,’ एसपी भट्टराईले भने । मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए ।
यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।





