अख्तियार प्रमुख प्रेमकुमार राईलाइ राजीनामा गर्न दबाब, जेनजीद्वारा उजुरी दर्ता, दर्ता नं L-१६४०२

मूलखबर संवाददाता
काठमाडौं, २१ असाेज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाइ राजीनामा गर्न दबाब दिँदै अख्तियारमा उजुरी हालिएका छ ।

केही जेनजी अभियन्ताहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर  प्रमुख प्रेमकुमार राई लगायतको राजीनामाकाे माग सहित उजुरी दर्ता गराएका हुन्  । दर्ता गराएपछि प्रतिक्रिया दिँदै  यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई बोधार्थसहित इमेल पनि पठाइसकिएको बताए । ‘त्यही प्रक्रियामा आज हामीले यो दर्ता गरेका छौं,’ अभियन्ताहरूले भने ।

मंगलबार उजुरी दर्ता गर्न जेनजी अभियन्ताहरू अमित खनाल, रिजन रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायत पुगेका थिए ।