जेन–जीद्वारा ओली र लेखकलाई पक्राउ गर्न दबाब अभियान सुरु
गत सेप्टेम्बर ८ अर्थात २३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गर्न आदेह दिएकाे भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले सामाजिक सञ्जालमार्फत दबाब अभियान सुरु गरेका छन्। ‘द काउन्सिल अफ जेन–जी’ नामबाट #arrestkpoli र #arrestrameshlekhak ह्यासट्यागसहित अभियान चलाइएको हो।

‘हामी नेपाल’का संयोजक सुदन गुरुङसहितका युवाहरूले कारबाहीको माग गर्दै ट्रेन्ड अघि सारेका हुन्। सो घटनामा बनेको जाँचबुझ आयोगले ओली र लेखकको पासपोर्ट रोक्का गरी उपत्यकाबाहिर जान अनुमति लिनुपर्ने निर्णय गरेको छ।
आन्दोलनमा गोली प्रहारबाट ७६ जनाको मृत्यु भएपछि पीडित परिवार र जेन–जी अगुवाहरूले संलग्न व्यक्तिलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।





