राष्ट्रिय राजमार्ग : कुन सुचारू, कुन बन्द ?
देशभर शुक्रबार रातीदेखि भईरहेकाे अविरल वर्षाका कारण राजधानी काठमाडौं छिर्ने सबै नाकाका मुख्य राजमार्ग र सडकहरू प्रभावित भएका छन् । शनिबार बिहान ९ बजेसम्म काठमाडौं छिर्ने पृथ्वी राजमार्ग पुर्ण रूपमा बन्द भएको छ भने अन्य सडकहरू पनि आंशिक रूपमा चलेका छन् ।
राष्ट्रिय राजमार्ग अपडेट: बिहान ९ बजे
काठमाडौं – कुलेखानी – हेटौँडा: खुला तर वर्षा भईरहेको
काठमाडौं – मुग्लिङ: बन्द (ज्वाङ्ग खोला)
काठमाडौं – सिन्धुली: अहिले बन्द (वर्षाका कारण)
मुग्लिङ – नारायणघाट: अनिश्चितकालिन बन्द
नारायणघाट – बुटवल: खुला तर चिप्लो
मुग्लिङ – पोखरा: जामका कारण एकतर्फी
पोखरा – बागलुङ: खुला
बेनी – मुस्ताङ: खुला
सिन्धुपाल्चोक – दोलखा: खुला तर वर्षा भईरहेको
बुटवल – कोहलपुर: खुला
नेपालगन्ज – सुर्खेत: खुला
नेपालगन्ज – धनगढी: खुला
हेटौँडा – वीरगञ्ज: खुला
पथलैया – बर्दिबास: खुला
बर्दिबास – ईटहरी: खुला
ईटहरी – झापा: खुला
झापा – ईलाम: खुला
थप जानकारीका लागि १०० र १०३ मा फोन गर्नुहोस्!





