काठमाडौंमा वायु प्रदुषण खतराको तहभन्दा माथि, कसरी बच्ने ?

मूलखबर संवाददाता
काठमाडौं, २१ चैत ।

नेपालको संघिय राजधानी काठमाडौमा वायु प्रदुषणको मात्रा खतराको तह भन्दा पार गरेको देखिएको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

मंगलबार बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

जबकि, १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

एक हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण लिएर अस्पताल पुगिरहेका छन् । धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरु बताउँछन् ।

छाती तथा सघन उपचार रोग विशेषज्ञ डा। राजु पंगेनीका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् । उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन । प्रदूषणका कणहरू एकरदुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुवाँ पनि मिसिइरहेको छ ।

डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार वायु प्रदूषण बढ्नुमा डढेलोको धुवाँको ८० प्रतिशतभन्दा धेरै योगदान छ । उनका अनुसार हरेक वर्ष वैशाखको दोस्रो हप्ता डढेलो धेरै लाग्छ । त्यसपछि बिस्तारै घट्दै जान्छ ।

तर, चैतको तेस्रो सातामा देशभरका यस्तो अवस्था देखिनुले केही हप्तापछि झन् भयावह अवस्था बन्ने विज्ञको चेतावनी छ । शर्माका अनुसार अहिले ३ सयभन्दा धेरै ठाउँमा डढेलो फैलिरहेको छ । पर्सा, चितवन, मकानपुर, सिन्धुली, उदयपुरका जिल्ला अति प्रभावित छन् ।

‘डढेलोको धुवाँले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ,’ शर्मा भन्छन्, ‘काठमाडौंमा मात्रै होइन, हिमालमा समेत धुवाँ तैरिएर बसेको देखिन्छ । जसले हिँउ पगाल्ने कामसमेत गरेको छ ।’

गाडी, इँटाभट्टाबाट निस्कने धुवाँ र धुलोको कणले समेत प्रदूषण भइरहेको उनले बताए । ‘काठमाडौं मात्रै होइन, देशभर नै वायु प्रदूषण बढेको छ । पानी नपरी आकाशमा जम्मा भएको धुलो र धुवाँ बाहिर निस्किन पाउँदैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘केही दिनसम्म यस्तै धुम्म रहिरहन्छ ।’

प्रदूषणले गर्दा आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने जस्ता समस्या देखिएको छ । वायु प्रदूषणका कारण नाक पोल्ने, नाक सुख्खा हुने, घाँटी खसखसाउने तथा आँखामा असर तत्काल हुने हुन्छ ।
काठमाडौं मात्रै होइन, देशभर नै वायु प्रदूषण बढेको छ । पानी नपरी आकाशमा जम्मा भएको धुलो र धुवाँ बाहिर निस्किन पाउँदैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘केही दिनसम्म यस्तै धुम्म रहिरहन्छ । यो प्रदुषणबाट बच्न आँखामा चस्मा लगाउने, मुख र नाक ढाक्नेगरी माक्स लगाउने गर्नुपर्छ । अति जरुरी नहुँदासम्म घरबाट बाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।