
भैँसेपाटीको आगलागीमा ५५ लाखको क्षति
ललितपुर, ३ पुष २०८०
ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा मंगलबार भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
