४५ लाख बुझाएर छुटे खाँड, त्यसपछि के गरे दिनभर ?

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नक्कली शरणार्थी प्रकरणमा जेल परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशमा शुक्रबार अपरान्ह उनी रिहा भएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका उनलाई बिहीबार अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएकामा शुक्रबार आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका हुन् ।

अदालतले मागेको ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उपस्थित गराइएको थियो । जसअनुसार सम्पत्ति शुद्धीकरणले १५ हजार धरौटीमा छाड्ने आदेश दियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनी साधारण तारेख पाए ।

यससँगै उनी अदालत र सम्पत्ति शुद्धीकरण गरी दुई ठाउँमा ४५ लाख बुझाएर घर फर्किएका छन् ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
खांड छुटेपछि उनी आज दिनभर सक्रिय नै रहे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतलाई आजै भेट गर्न भ्याएका छन् ।