
मुख्यमन्त्री कार्की विरुद्ध कालो झण्डा प्रदर्शन
विराटनगर, २६ मंसिर २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीद्धारा कालो झण्डा प्रदर्शन गरेका छन् ।
झापाको दमकमा लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले आज कार्कीलाई कालो झण्डा प्रदर्शन गरेका हुन् ।
फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् । मुख्यमन्त्री कार्कीविरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी समेत गरेका थिए ।
