प्रधानमन्त्री प्रचण्डद्धारा बुद्धभुमी लुम्बिनीबाट विश्व समुदायलाई शान्तिको अपिल

मूलखबर संवाददाता
काठमाडौं, २६ मंसिर

लुम्बीनी, २६ मंसिर २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको भुमि लुम्बिनी  रामाग्रामबाट विश्व समुदायलाई शान्तिका लागि अपील गर्नु भएकोछ । अहिले विश्वलाई शान्तिको अझबढी आवश्यकता परेको औल्याउनुहुदै शान्तिको आवश्यकता र महत्व झनबढ्दै गएको बताउनु भयो । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले “बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने र बुद्धदर्शन, बुद्धका सिद्धान्त र बुद्धका शिक्षालाई कार्यन्वयन गर्नको लागि ईमान्दारीता पुर्वक लागि रहने विश्वास व्यक्तगर्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सहभागि भएर विश्वशान्तीको अपिल गर्दै नेपालको शान्ति प्रकृया अन्तिम चरणमा रहेको र विश्व समुदायले यसमा सहयोग गर्न आग्रह गरेको बताउनु भयो । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव आउनुभएको प्रसङ्ग स्मरण गर्दै “मैले राष्ट्रसंघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा दिएर उहाँ अउनु भएको बताउनु भयो । बर्तमान महासचिव गुटरेसलाई नेपाल आएर जलवायु परिवर्तनको असर कस्तो छ, प्रत्यक्ष रुपमा हेर्न र अनुभुत गर्न नेपाल आउन आग्रह गरेको थिए, उहाँले भन्नुभयो ।

रामग्रामलाई विश्वकै धार्मिक र सांस्कृतिक गन्तव्य बनाउन सकिन्छ : मन्त्री किराँती

यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री किरातीले बुद्धको जन्म भएको ठाउँ विश्वको एउटै मात्र ठाउँ छ, त्यो लुम्बीनि हो र बुद्धको अस्तु रहेको ठाउँ पनि विश्वको एउटै मात्र ठाउँ छ त्यो रामग्राम हो भनेर ब्रान्डिङ गर्नसके पर्यटकहरुलाई दुई/तिन हजार वर्ष अघिको समय अनुभुत गराउन सकिने बताउनु भयो । यसले यो क्षेत्र धार्मिक सांस्कृतिक पर्यटनको लागि विशाल गन्तव्य हुन सक्ने उहाँले ठोकुवा गर्नुभयो । मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यसक्षेत्रमा एयरपोर्ट बनाएको बताउनु भयो ।

रामाग्राम गौतम बुद्धको अस्तु धातु रहेको स्थल मानीन्छ । गौतमबुद्धको अस्तु धातु रहेको क्षेत्र रामग्राममा आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी कोषका अध्यक्ष डा. ल्हारक्याल लामा लगायत विभिन्न देशबाट बुद्धमार्गीहरुको उपस्थिती रहेको छ ।