
उपप्रधानमन्त्री श्रेष्ठ गंगालालमा, स्वास्थ्य अवस्था स्थिर
छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । उनको स्वास्थ अवस्था स्थिर रहेको स्वकीय सचिव विजय गौतमले उल्लेख गरेका छन् । मंगलबार साँझ उनी सत्तागठबन्धनको बैठकमा सहभागी थिए ।
सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जनाएको छ ।
