रूस र युक्रेनलगायतका युद्वरत देशका सेनामा भर्ती नहुनुस् : सरकार

मूलखबर संवाददाता
काठमाडौं, १९ मंसिर

सरकारले नेपाली नागरिकलाई युद्वरत देशरूस र युक्रेन लगायत देशहरूमा अवै रूपले सेनामा भर्ना नहुन र भएको भए तत्काल फिर्ता हुन आग्रह र अपिल गरेको छ ।

रूसी सेनामा भर्ती भएर युक्रेनविरूद्व लडिरहेका ६ जना नेपालीको मृत्यु भएको खबर आएपछि सरकारले साे अपिल गरेको हाे ।

रूसमा नेपाली नागरिकलाई विद्यार्थी र भिजिट बाहेक अन्य भिसा दिने नगरिएको नेपालले जनाएको छ । रूसी सैनिकमा कसरी भर्ना भए र कति नागरिक रूसी अथवा युक्रनी सैनिकमा भर्ना भएका छन् भन्ने कुनै पनि आधिकारिक  तथ्यांक नेपाली निकायसँग छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूस र युक्रेनमा सेनामा नेपालीकाे सहभागीता कति छ, कसरी भयाे भन्ने यथार्थ विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिईसकेकाे बताउनुभएकाे छ ।

रूस सरकारलाई यस लडाईका लागि नेपाली नागरिकलाई भर्ना नगर्न र यदि कसैलाई भर्ना गरेको भए तत्काल नेपाल फिर्ता पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ।